SHARE
लोक पथ · शनिबार १४ भौ २०८२ १०:३० AM · 1 मिनेट पढाइ

विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न स्थानमा शुक्रबार राति र शनिबार बिहान भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका–४ काठे पुलस्थित सडकमा स.१० प ७७३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सप्तरी राजपुर नगरपालिका–९ का ३५ वर्षीय अशोक कुमार यादवको ज्यान गएको हो ।