माओवादी मात्र हो, जसले गल्ती स्वीकार्छ : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरू बाध्यताले शान्ति प्रक्रियामा आउनुपरेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित ‘नेपालमा दलित अधिकारको अवस्था, नीतिको विकास र कार्यान्वयनमा चुनौती’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले संविधानसभादेखि हालसम्म आफ्नो वर्ग र समुदायको हितमा सक्दो काम गरेको दाबी गरे ।
