अलैँची उत्पादन बढाउन किसानलाई सहयोग गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता
झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अलैँची उत्पादन वृद्धि र व्यवसाय प्रवर्द्धनका लागि प्रदेश सरकारले विशेष पहल गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल अलैँची व्यवसायी महासंघको बिर्तामोडमा शनिबार उद्घाटन भएको पाँचौँ महाधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले नर्सरी विकासदेखि बजार विस्तारसम्म सरकारबाट सहयोग हुने बताए।
