SHARE
लोक पथ · शनिबार १४ भौ २०८२ १२:२१ PM · 1 मिनेट पढाइ

ओलीलाई लिङ्देनले भने : ‘आवश्यक परे झापा ५ मा प्रतिस्पर्धा गरौँला’

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्थासहित आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न चुनौती दिएका छन् ।