सरकार र मिटरब्याजपीडितबीच ९ बुँदे सहमति (पूर्णपाठ)
काठमाण्डु– सरकार र मिटरब्याजपीडित पक्षबीच सहमति भएको छ । शुक्रबार सरकार र मिटरब्याजपीडित पक्षबीच ९ बुँदे सहमति भएको हो । सरकारी वार्ता टोलीका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पुष्कर सापकोटा र पीडित पक्षका तर्फबाट अवधेश कुशवाहाले सहमतिपत्रमा हस्ताक्षर गरे। सहमतिसँगै ९ दिनदेखि जारी मिटरब्याजविरुद्धको आन्दोलन स्थगित भएको छ।
