शेरबहादुर देउवा लडेर हात भाँचिएको समाचार झुटो : सचिवालय
काठमाण्डु– पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लडेको र हात भाँचिएको समाचार झुटो भएको सचिवालयले जनाएको छ। शुक्रबार विज्ञप्ति जारी गर्दै सचिवालयले ‘पूर्वप्रधानमन्त्री लडेर हात भाँचिएको’ भन्ने खबर पूर्णतः निराधार, असत्य र भ्रामक भएको स्पष्ट पारेको हो।
