जनतालाई त्रासमा राखेर सरकार तानाशाही शैलीमा अघि बढ्यो : ओली
काठमाण्डु – एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले धक्का खाए पनि समाप्त नभएको जिकिर गरेका छन् । पार्टीलाई अझै पनि राजनीतिक रूपमा एक्ल्याउने प्रयास भइरहेको दाबी गर्दै पूर्वप्रधानमन्त्री पनि रहेका ओलीले एमाले आफ्नै बलमा चुनौती सामना गर्ने बताए ।
