सरकार तानाशाही शैलीमा हिंडेको छः ओली
काठमाण्डु–एमाले अध्यक्ष केपी ओलीले सरकार तानाशाही शैलीमा अघि बढेको आरोप लगाएका छन् । पार्टी मुख्यालय च्यासलमा शुक्रबार आयोजित एक कार्यक्रममा ओलीले जनतालाई तर्साएर सरकार तानाशाही शैलीमा हिंडेको आरोप लगाएका हुन् । ओलीले सञ्चार माध्यम र व्यक्तिका घर अगाडि सरकारले नै गाडी पार्किङ गर्न लगाएको आरोप लगाए ।
