हङकङमा शौचालयमा लडेर शेरबहादुर देउवा, एउटा हात भाँचियो
काठमाण्डु– हङकङमा अघोषित निर्वासित जीवन बिताइरहेका काँग्रेस पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लडेर घाइते भएका छन् । काँग्रेस उच्च श्रोतका अनुसार देउवा शौचालयमा लडेर घाइते भएका हुन् । उनको एउटा हात भाँचिएको छ । घटना गत साताको हो । देउवा हाल उपचारपछि आराम गरिरहेको ती नेताले काठमाण्डु पाटीलाई बताए ।
