भारतमा अध्ययन गर्ने विदेशीमध्ये नेपाली विद्यार्थीको संख्या सबैभन्दा बढी
काठमाण्डु- भारतमा अध्ययन गर्न जाने विदेशी विद्यार्थीमध्ये नेपालीको संख्या सबैभन्दा बढी रहेको छ। पछिल्लो एक दशकमा भारतमा विदेशी विद्यार्थीको संख्या उल्लेखनीय रूपमा बढे पनि सबैभन्दा धेरै विद्यार्थी पठाउने मुलुकका रूपमा नेपालले आफ्नो अग्रस्थान कायम राखेको छ।
