आजदेखि यी सात क्षेत्रमा नयाँ कर लागू
काठमाण्डु – शुक्रबार साउन १ गते नयाँ आर्थिक वर्ष सुरु हुने भएपछि सरकारले विभिन्न वस्तु तथा सेवामा नयाँ कर तथा शुल्क लागू गर्दैछ। शिक्षा, स्वास्थ्य, विद्युत्, सुनचाँदी, राइड सेयरिङ, क्यासिनो र उच्चस्तरीय होटल–रिसोर्टसम्म सात क्षेत्रमा करको दायरा विस्तार गरिँदैछ । कारको दायर बढेपछि यसको प्रत्यक्ष असर सर्वसाधारणदेखि व्यवसायीसम्म पर्ने देखिएको छ।
