यूएईको ५ वर्षे पर्यटक भिसा लागू, सबै देशका नागरिकले आवेदन दिन सक्ने
दुबई – दुबईको जनरल डाइरेक्टोरेट अफ आइडेन्टिटी एन्ड फरेनर्स अफेयर्स (जीडीआरएफए) ले संयुक्त अरब इमिरेट्स (यूएई) को ५ वर्षे पर्यटक भिसाका लागि आवश्यक मापदण्ड स्पष्ट गरेको छ । भिसा प्राप्त गरेपछि कुनै प्रायोजक वा होस्टको आवश्यकता विना विश्वका सबै देशका नागरिकले यूएईमा पटक–पटक प्रवेश गर्न सक्नेछन् ।
