मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारी टोली गठन, मन्त्रिपरिषद्का ७ निर्णय सार्वजनिक
काठमाण्डु – मिटरब्याजबाट प्रभावित नागरिकका माग सम्बोधनका लागि सरकारले वार्ता टोली गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गरिएको हो । वार्ता टोलीमा अर्थ मन्त्रालय, गृह मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सदस्य रहनेछन् ।
