सम्पत्ति विवरण संकलन र छानबिनसम्बन्धी सम्पूर्ण काम स्थगित
काठमाण्डु– सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण संकलन र छानबिनसम्बन्धी सम्पूर्ण कार्य स्थगन गरेको छ । आयोगले बिहीबार एक सूचना जारी गर्दै सर्वोच्च अदालतबाट यही असार ३१ गतेको आदेशअनुसार रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म छानबिन स्थगन गरिएको जनाएको हो ।
