प्रधानमन्त्री शाह र गभर्नर पौडेलबीच शेयर बजारका बारेमा छलफल
काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलबीच भेट भएको छ । उनीहरुबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार भेटवार्ता भएको हो । भेटमा उनीहरुबीच मुलुकको शेयर बजार, बैंकिङ तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा छलफल भएको प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन् ।
