साउनका लागि ६ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति ?
काठमाण्डु– साउन महिनाको लागि अधिकांश वाणिज्य बैंकहरूले व्यक्तिगत निक्षेपको ब्याजदर स्थिर राखेका छन् । २० वाणिज्य बैंकमध्ये १४ ओटा बैंकहरूले ब्याजदर स्थिर राखेका छन् भने ६ ओटा वाणिज्य बैंकहरूले घटाएका छन् । व्यक्तिगत मुद्दती निक्षेपमा साउन महिनाको लागि वाणिज्य बैंकहरूको औषत ब्याजदर ४.१७ प्रतिशत रहेको छ ।
