SHARE
मकालु खबर · बुधबार ३१ असार २०८३ १२:०८ PM · 1 मिनेट पढाइ

श्रम निरीक्षण सम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि (नं. ८१) सर्वसम्मतिले अनुमोदन

काठमाडौँ । प्रतिनिधि सभाले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ (नं. ८१) लाई सर्वसम्मतिले अनुमोदन गरेको छ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले प्रस्तुत गरेको उक्त महासन्धिलाई सभाले सर्वसम्मत रूपमा पारित गरेको हो ।