SHARE
मकालु खबर · बुधबार ३१ असार २०८३ ०८:४७ AM · 1 मिनेट पढाइ

सरकार सस्तो लोकप्रियतामा अल्झिँदा मुलुक बर्बादितर्फ जाँदैछः सांसद शाही

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले सरकार सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिमा मात्र केन्द्रित हुँदा मुलुक विकासको सट्टा बर्बादीको दिशामा गइरहेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद शाहीले नेपाल–भारत सीमा सम्बन्धमा प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्तिका बारेमा सरकारले संसद्मा स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका हुन् ।