आत्मदाहको प्रयास गरेका सहानी कीर्तिपुर बर्न अस्पतालमा ‘रिफर’
रौतहट । गरुडा नगरपालिका–९ गम्हरियाका २८ वर्षीय गौतमकुमार सहनीले शरीरमा पेट्रोल खन्याएर आगो लगाइ आत्मदाहको प्रयास गरेका छन् । गरुडा नपा–९ का वडाध्यक्ष राजेश सहनीका अनुसार केही समयदेखि मानसिक तनाव तथा ‘डिप्रेसन’बाट पीडित स्थानीय युवाले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा खन्याइ मङ्गलबार राति आत्मदाहको प्रयास गरेका हुन् ।
