SHARE
मकालु खबर · बुधबार ३१ असार २०८३ ०७:१४ AM · 1 मिनेट पढाइ

नेपालमा प्रेस स्वतन्त्रतामाथि असर पार्ने घटनाप्रति अन्तर्राष्ट्रिय पत्रकार संघको चिन्ता

काठमाडौं । अन्तर्राष्ट्रिय पत्रकार संघ (IUJ)ले नेपालमा प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई प्रभावित पार्ने पछिल्ला घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । संघले नेपालको संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, विधिको शासन, नागरिकका मौलिक अधिकार तथा लोकतान्त्रिक मूल्य–मान्यतामाथि असर पार्ने गतिविधिहरू चिन्ताजनक रहेको जनाएको छ ।