मुक्तिनाथ विकास बैंकले रेडक्रस सोसाइटी लुम्बिनीलाई दियो ३ थान जैविक सूक्ष्मदर्शी
काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नेपाल रेडक्रस सोसाइटी (एनआरसीएस) लुम्बिनी प्रदेशलाई तीन थान जैविक सूक्ष्मदर्शी हस्तान्तरण गरेको छ। बैंकका अनुसार रक्त बैंकको प्रयोगशालाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उपलब्ध गराइएका सूक्ष्मदर्शीले रगतको नमुना परीक्षण, रक्तका कोशिका तथा प्लेटलेटको अवलोकन, असामान्यताको पहिचान तथा रक्तको गुणस्तर परीक्षणमा सहयोग पुग्नेछ।
