SHARE
मकालु खबर · बुधबार ३१ असार २०८३ ०४:५७ AM · 1 मिनेट पढाइ

बाह्रकिलो बजारका घरटहरा स्वःस्फुर्त खाली

गोरखा । गोरखा नगरपालिका–११ को सार्वजनिक जग्गामा सञ्चालित बाह्रकिलो बजारमा बनेका संरचनालाई खाली गराइएको छ । नगरपालिका, जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय तथा ओख्लेपाखा सामुदायिक वन उपभोक्ता समूहको संयुक्त पहलपछि सार्वजनिक जग्गामा २० वर्षदेखि सञ्चालनमा रहेको सो बजारका संरचनालाई हटाइएको हो ।