बैङ्ककको बारमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी
काठमाडौं । थाइल्यान्डको राजधानी बैङ्ककस्थित एक बारमा भएको भीषण आगलागीमा ३० जनाको मृत्यु भएको घटनापछि उक्त स्थलमा आधारभूत सुरक्षा प्रणालीको अभाव रहेको एक स्वतन्त्र विज्ञले बताएका छन् । भवन निरीक्षक सङ्घका पूर्वअध्यक्ष वासावत कित्सिरितीराफाकले आइतबार भएको आगलागीपछि फरेन्सिक प्रहरीसँग मिलेर ‘रोङ बियर ना लात फ्राओ’ रेस्टुरेन्ट तथा बारको निरीक्षण गरेका थिए ।
