SHARE
मकालु खबर · मङगलबार ३० असार २०८३ ०३:४७ PM · 1 मिनेट पढाइ

हेटौँडादेखि काठमाडौं जाने दुई सडकमा सवारी आवागमनमा रोक

काठमाडौं । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौं जाने दुई सडकमार्गमा बुधबार बिहान ५.०० बजेसम्मका लागि सवारीसाधन आवागमनमा रोक लगाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जारी गरेको सूचनामा हेटौँडा-भैँसे–काठमाडौं र हेटौँडा हुँदै काठमाडौं जाने कान्तिराजमार्गमा आज साँझ ६.३० बजेदेखि भोलि बिहान ५.०० बजेसम्मका लागि सवारीसाधन आवगामनमा रोक लगाएको उल्लेख गरिएको छ ।