बीउको उत्पादन, बिक्री–वितरण र नियमन प्रभावकारी बनाउन बीउबिजन नियमावली संशोधन
काठमाण्डु – कृषि, वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा बीउबिजन सम्बन्धी कानुनी व्यवस्थालाई समयानुकूल परिमार्जन गर्ने उद्देश्यसहित बीउबिजन पहिलो संशोधन नियमावली–२०८३ स्वीकृत गरिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्री गीता चौधरीले अघि बढाएको प्रस्तावअनुसार कृषि क्षेत्रसँग सम्बन्धित बीउबिजन व्यवस्थापनलाई थप व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउने उद्देश्यले संशोधन नियमावली स्वीकृत गर्ने निर्णय गरेको हो ।
