SHARE
मकालु खबर · मङगलबार ३० असार २०८३ ०१:४६ PM · 1 मिनेट पढाइ

भोलिदेखि भरी सिलिण्डर ग्यास पाइने

काठमाडौं । बुधबारदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ। नेपाल आयल निगमले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै बुधबारदेखि भरी सिलिन्डर ग्यास १४.२ केजी बिक्री गर्ने निर्णय गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको विशेष निर्देशनपछि निगमले यो व्यवस्था मिलाएको हो ।