SHARE
मकालु खबर · मङगलबार ३० असार २०८३ १२:३७ PM · 1 मिनेट पढाइ

खोज, उद्धार र राहतका लागि निजी क्षेत्रले हेलीकोप्टर उपलब्ध गराउने

काठमाडौं । विपद्मा परेका व्यक्तिहरुको खोज तथा उद्धारका लागि प्रयोग हुने गरी निजी क्षेत्रले हेलीकोप्टर, ड्रोन र राफ्टिङ उपलब्ध गराउने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र वायुसेवा सञ्चालक सङ्घ, नेपाल, नेपाल ड्रोन सङ्घ र नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिज् (नारा) बीच उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।