रासायनिक मलको आपूर्ति सहज बनाउन सांसदको माग
काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूले मुलुकका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले समयमै रासायनिक मल उपलब्ध गराउनुपर्ने, सुकुमवासीका समस्या समाधान गर्नुपर्ने, विपत्को पूर्व तयारीलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
