SHARE
मकालु खबर · मङगलबार ३० असार २०८३ ११:३९ AM · 1 मिनेट पढाइ

अवैध रुपमा भित्र्याइएको लाखौँ मूल्य बराबरको काजु बरामद

काठमाडौं । सशस्त्र प्रहरीबल, नेपालले धनुषामा अवैध रुपमा भित्र्याइएको लाखौँ मूल्य बराबरको काजु बरामद गरेको छ । मंगलवार सशस्त्र प्रहरीको गस्ती टोलीले ट्रकमा लोड गरेर काजु र चिनी बरामद गरेको हो । प्रहरीले ३६ वटा बोरामा रहेको १ हजार ८० किलो काजु र ४ सय २० बोरा नेपाली चिनी समेत बरामद गरेको हो ।