SHARE
मकालु खबर · मङगलबार ३० असार २०८३ ११:४८ AM · 1 मिनेट पढाइ

राष्ट्रपतिबाट बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण गरेका छन् । उनले आज सङ्घीय संसद्बाट पारित आर्थिक वर्ष २०८३/८४ को बजेटसँग सम्बन्धित तीन विधेयक प्रमाणीकरण गरेका हुन् ।