SHARE
मकालु खबर · मङगलबार ३० असार २०८३ ११:५९ AM · 1 मिनेट पढाइ

आदिवासी जनजातिको अधिकार कमजोर पार्ने प्रयास स्वीकार्य छैनः वरिष्ठ अधिवक्ता शाक्य

काठमाडौं । वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले संविधान संशोधनका नाममा आदिवासी जनजातिका अधिकार कमजोर पार्ने प्रयास स्वीकार्य नहुने बताएका छन् । नेपाल बार एशोसिएशन आदिवासी तथा जनजाति कानुन व्यवसायी सरोकार समितिले आयोजना गरेको ‘संविधान संशोधनमा आदिवासी जनजातिको सवाल’ अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।