वायुसेवा निगमको कार्यकारी अध्यक्षमा श्रेष्ठ नियुक्त, सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता
काठमाण्डु – सरकारले नेपाल वायुसेवा निगम सञ्चालक समितिको अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धक समेतको काम गर्ने गरी कार्यकारी अध्यक्ष पदमा नियुक्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नियुक्तिको निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
