SHARE
मकालु खबर · मङगलबार ३० असार २०८३ ०९:४२ AM · 1 मिनेट पढाइ

त्रासरहित पत्रकारिता गर्ने वातावरण मिलाउन सरकार समक्ष सचेतक परियारको आग्रह

काठमाडौं । सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै पत्रकार र सञ्चार गृहलाई त्रासरहित वातावरणमा काम गर्न पाउने सुरक्षाको प्रत्याभूति गर्न सरकार समक्ष माग गरेका छन् ।