खगेन्द्र सुनारको प्रश्न- बालेनलाई मुर्दावाद भन्नेहरूसँग त्यतिबेला ‘बा’लाई मुर्दावाद भन्ने दम थियो?
काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले प्रधानमन्त्री बालेन शाहविरुद्ध नाराबाजी गर्नेहरूलाई लक्षित गर्दै उनीहरूसँग विगतमा ‘बा’लाई मुर्दावाद भन्न सक्ने साहस थियो कि थिएन भन्ने प्रश्न उठाएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा गणेश नेपालीको आत्मदाह प्रकरणबारे बोल्दै उनले अहिलेको घटनालाई राजनीतिक र जातीय रंग दिइएको आरोप समेत लगाएका छन्।
