SHARE
काठमाण्डुपाटी · मङगलबार ३० असार २०८३ ०७:२७ AM · 1 मिनेट पढाइ

देश संकटमा रहेको भन्दै सबै दललाई एकजुट हुन अमरेश सिंहको आह्वान

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले देश गम्भीर संकटबाट गुज्रिरहेको भन्दै संसदभित्र रहेका सबै राजनीतिक दललाई राष्ट्रिय मुद्दामा एकजुट हुन आह्वान गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सिंहले देशमा नागरिकदेखि व्यवसायी, युवा र विद्यार्थीसम्म निराशा बढ्दै गएको बताए। उनले संसदबाट नै निराशा र अस्थिरताको भाष्य निर्माण गर्न नहुनेमा जोड दिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी