राज्य व्यवस्था समिति सभापति ईश्वरीदेवी न्यौपानेले लिइन् शपथ
काठमाडौं : प्रतिनिधिसभा,राज्य व्यवस्था तथा सुशासन समितिको सभापति ईश्वरीदेवी न्यौपानेले पद तथा गोपनीयताको शपथ लिएकी छन्। बुधबार सभापति न्यौपानेले सभामुख देवराज घिमिरेसमक्ष शपथ लिएकी हुन्।समितिका ज्येष्ठ सदस्य सर्वेन्द्र नाथ शुक्लाको अध्यक्षतामा बुधबार बिहान बसेको बैठकमा उनलाई निर्विरोध चयन भएको घोषणा गरिएको थियो । निजामति सेवा विधेयकको कुलिङ पिरियडमा विवादमा तानिएपछि समिति सभापति कांग्रेसका रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त पदमा न्यौपानेको मात्र उम्मेदवारी परेको थियो ।
