SHARE
अन्नपूर्ण · बिहीबार १२ भौ २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

ट्रम्पको हातमा देखिएको नीलडाम के हो ?

काठमाडौं : अहिले सामाजिक सञ्जालमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दाहिने हातको पछाडि नीलडाम देखिएको तस्बिर भाइरल छ।   दक्षिण कोरियाका राष्ट्रपति सँगको भेटपछि ट्रम्पको हातमा देखिएको नीलडामका तस्बिर सामाजिक सञ्जालमा धेरै पटक हेरिएको छ। यसका कारण ट्रम्पको स्वास्थ्यबारे विभिन्न अडकल फैलिएका छन्। कसैले ट्रम्पलाई इन्ट्राभेनस ड्रिप (आईभी) दिइएको भनेका छन् भने कसैले स्ट्रोक (पक्षघात) भएको दाबी गरेका छन्।