SHARE
अन्नपूर्ण · बिहीबार १२ भौ २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

बंगलादेशसँग पराजित भएपछि नेपालको उपाधि सम्भावना सकियो

काठमाडौं  : साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित भएको छ। भुटानको थिम्पुस्थित चाङ्लिमिथान स्टेडियममा भएको खेलमा नेपाल ४–१ ले पराजित भएको हो। बंगलादेशसँग पराजित भएसँगै नेपालको उपाधि सम्भावना सकिएको छ। बंगलादेशका लागि सौरवी अखण्ड प्रीतिले ह्याट्रिक गर्दा थुइनुयी मर्माले १ गोल गरिन्।