SHARE
अन्नपूर्ण · बिहीबार १२ भौ २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री ओली भदौ १४ गते चीन प्रस्थान गर्ने, यस्तो छ पाँच दिने कार्यतालिका

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली भदौ १४ गते चीन भ्रमणमा जाने भएका छन्। उनी पाँच दिने चीन भ्रमणका लागि शनिबार त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर प्रधानमन्त्री ओलीको पाँच दिने चीन भ्रमणको तालिका सार्वजनिक गरेको छ। जसअनुसार प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग तियानजिनमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। त्यसपछि उनी भदौ १६ गते तियानजिनमा हुने एससीओ शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।