बिचौलिया र नेपो–बेबीहरूले राज्य कब्जा गर्न खोज्दैछन्ः वर्षमान
काठमाण्डु– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सांसद् एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले बिचौलिया र स्वार्थ समूहले राज्य सत्ता कब्जामा लिन खोजिरहेको बताएका छन् । सोमबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा पुनले राज्यसत्ता बिचौलिया र स्वार्थ समूहको कब्जामा जान लागेको भन्दै चिन्ता व्यक्त गरे । मुलुकमा क्रोनी क्यापिटलिज्म अर्थात् आसेपासे पूँजीवाद हाबी भएको उनको टिप्पणी थियो ।
