SHARE
अन्नपूर्ण · बिहीबार १२ भौ २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच भेटवार्ता हुने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच भेटवार्ता हुने भएको छ। प्रधानमन्त्री ओलीको चीन भ्रमणका दौरान उनीहरूबीच भेटवार्ता हुन लागेको हो।परराष्ट्र मन्त्रालयका अनुसार उनीहरूबीच चीनको तियानजिनमा भेटवार्त हुनेछ। एससीओ सम्मेलनमा सहभागी हुन चीन भ्रमणमा जान लागेका ओलीले त्यहाँ सम्बोधन गर्ने कार्यक्रम पनि छ। सम्मेलनमा सम्बोधन गर्नुअघि राष्ट्रपति जिङपिङसँग भेटवार्ता हुने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ।