आईसीसी वरीयता : शुभमन गिल र रोहित शर्मा शीर्ष स्थानमा
काठमाडौं : भारतीय ब्याट्सम्यान शुभमन गिल र रोहित शर्मा आईसीसीको पछिल्लो वरीयतामा ब्याट्सम्यानको सूचीको शीर्ष स्थानमा कायमै छन्। यस्तै विराट कोहली चौथो नम्बरमा छन्। हालै शृङ्खलाको अन्तिम खेलमा दक्षिण अफ्रिकामाथिको रेकर्ड जितपछि अस्ट्रेलियाली खेलाडीलाई पनि फाइदा भएको छ। तर दक्षिण अफ्रिकाले शृङ्खला जितेको छ।गिल (७८४ रेटिङ अङ्क) र रोहित (७५६) क्रमशः पहिलो र दोस्रो स्थानमा छन् भने पाकिस्तानका बाबर आजम (७३९)ं शीर्ष तीनमा छन्। कोहलीको ७३६ अङ्क छ।
