अस्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कलाई लाग्यो क्यान्सर, यस्तो छ क्लार्कको शानदार करियर
काठमाडौं : अस्ट्रेलियाका महान ब्याट्सम्यानमध्ये एक माइकल क्लार्कलाई छालाको क्यान्सर भएको पत्ता लागेको छ। ४४ वर्षीय क्लार्कले सामाजिक सञ्जाल मार्फत आफ्नो स्वास्थ्यबारे जानकारी दिँदै नियमित स्वास्थ्य जाँच गराउन अपील गरे। क्लार्कले इन्स्टाग्राममा लेखे,ʻछालाको क्यान्सर वास्तविक हो१ विशेष गरी अष्ट्रेलियामा। आज मेरो नाकबाट अर्को क्यान्सरयुक्त गाँठो हटाइयो। यो तपाईंको छालाको जाँच गरिरहनका लागि एक मैत्रीपूर्ण सम्झना हो। रोकथाम उपचारभन्दा राम्रो हो।
