SHARE
अन्नपूर्ण · बिहीबार १२ भौ २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

महिलालाई गालीगलौज गर्ने रास्वपा नेता पाँडे प्रहरी नियन्त्रणमा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता अरनिको पाँडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। एक महिलाको उजुरीको आधारमा पक्राउ पूर्जी जारी भएपछि रास्वपाका केन्द्रीय सदस्य पाँडेलाई प्रहरीले नियन्त्रणमा लिएको हो।पक्राउ पूर्जी जारी भएपछि पाँडे बुधबार साँझ साइबर ब्युरोमा उपस्थित भएका थिए। ब्युरोका प्रवक्ता दिपकराज अवस्थीका अनुसार एक महिलाले उनीविरुद्ध गालीगलौज तथा अपशब्द प्रयोग गरेको आरोपमा उजुरी दिएकी थिइन्। 'सोही उजरका आधारमा उहाँविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो।