SHARE
अन्नपूर्ण · मङगलबार २७ असो २०८३ ०९:०० PM · 1 मिनेट पढाइ

गुणस्तरीय शिक्षाबिना समाजको विकास सम्भव छैन : मन्त्री घिमिरे

अर्घाखाँची : लुम्बिनी प्रदेश सरकारका सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरेले गुणस्तरीय शिक्षाबिना समाजको विकास सम्भव नहुने बताएका छन्। उनले शिक्षाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै विकास निर्माणका काम पारदर्शी र गुणस्तरीय ढङ्गले सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्। सामाजिक विकास डिभिजन कार्यालय तौलिहवाले अर्घाखाँचीको सन्धिखर्कमा आयोजना गरेको आर्थिक वर्ष २०८३/८४ का योजना तथा कार्यक्रमसम्बन्धी स्थानीय तहस्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री घिमिरेले यस्तो बताएका हुन्।