सहमहामन्त्री महिलातर्फ प्रतिमा गौतम निर्वाचित
काठमाडौं : नेपाली कांग्रेसको सहमहामन्त्री महिलातर्फ प्रतिमा गौतम निर्वाचित भएकी छन्।पार्टीको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा गौतमले ५११६ मत ल्याएर निर्वाचित भएकी हुन्। उनका प्रतिद्वन्द्वी नानु मैया बास्तोलाले १५५४ मत प्राप्त गरिन्।यसअघि सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु सिवाकोटी विजयी भएका थिए।
