SHARE
अन्नपूर्ण · मङगलबार २७ असो २०८३ ०६:०० PM · 1 मिनेट पढाइ

बुढीगण्डकी उपत्यकाका ५ हजार घरधुरी अन्धकारमा

गोरखा : बुढीगण्डकी बाढीका कारण उत्तरी गोरखाको दुईवटा गाउँपालिकाका करिब ५ हजार घरधुरी विद्युत्विहीन बनेका छन्। आइतबार बिहान चुमनुब्री गाउँपालिका–६ उङ्गिलुङ खोलाबाट बुढीगण्डकीमा आएको बाढीले चुमनुब्री–३ जगतस्थित लघुजलविद्युत्् आयोजनामा क्षति पुगेको थियो।त्यसैकारण हजारौं घरधुरी विद्युत्विहीन भएको स्थानीयले बताएका छन्। बाढीले जलविद्युत् आयोजना बगाएपछि चुमनुब्री गाउँपालिका–३ र ६ मा विद्युत् अबरुद्ध बनेको सिर्दिबास उहिया लघुजलविद्युत् आयोजनाका अध्यक्ष सुजन गुरुङले बताए।