SHARE
अन्नपूर्ण · मङगलबार २७ असो २०८३ ०६:०० PM · 1 मिनेट पढाइ

सेयर बजारमा सामान्य सुधार,४ अर्ब ७३ करोडमाथिको कारोबार

काठमाडौं : मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यसदिन नेप्से परिसूचक ४.१२ अंकले बढेर २५९९.९३ विन्दुमा अडिएको हो। अघिल्लो दिन सोमबार नेप्से परिसूचक ४ अंकले बढेर २५९५.८१ विन्दुमा अडिएको थियो।नेप्से परिसूचक  सामान्य अंकले वृद्धि भएपनि कारोबार रकम भने सोमबार तुलनामा बढेको छ। सोमबार ४ अर्ब ४६ करोड मूल्य बराबरको सेयर कारोबार भएकोमा यसदिन ४ अर्ब ७३ करोडको कारोबार भयो।