रोहितको अर्धशतक र करणको आक्रमक पारीमा नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य
काठमाडौं : आइसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालको अन्तिम श्रृंखलाको दोस्रो खेलमा नेपालले ओमानलाई २६४ रनको विजयी लक्ष्य दिएको छ।ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६३ रन बनाएको हो। नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक ६१ रनको पारी खेले। उनले ६७ बलमा ३ चौका र १ छक्का प्रहार गरे। उनले चौथो विकेटको लागि वसिर अहमदसँग ८६ रनको साझेदारी बनाउँदै नेपालको मध्यक्रम सम्हालेका थिए।
