आईसीसी विश्वकप लिग–२ : ओमानमाथि नेपालको फराकिलो जित
काठमाडौं : आइसीसी विश्वकप लिग–२अन्तर्गत नेपालको अन्तिम श्रृंखलाको दोस्रो खेलमा नेपालले ओमानलाई ११३ रनको पराजित गर्दै फराकिलो जित निकालेको छ। ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६३ रन बनाएको थियो। नेपालले दिएको २६४ रनको विजय लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रन बनाउँदै अलआउट भएको हो। ओमानका लागि कप्तान विनायक शुक्लाले सर्वाधिक ७७ रन बनाए। उनले ८३ बलमा ६ चौका र १ छक्का प्रहार गरे।
